Section 19
पुस्तकालय तथा अभिलेखालयले पुनरुत्पादन गर्न पाइने
दफा ७ को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपले आर्थिक लाभ नलिई शोध वा अध्ययन गर्ने व्यक्तिको अनुरोधमा आफुसँग रहेका रचना उपलब्ध गराउने सार्वजनिक पुस्तकालय वा अभिलेखालयले आफूसँग रहेका कुनै पनि रचना हराए वा नष्ट भए वा पुरानो भएमा वा त्यस्तो रचना प्राप्त गर्न नसकिने भएमा त्यस्तो रचनाको रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति विना त्यस्तो रचनाको एकप्रति पुनरुत्पादन गर्न पाइनेछ ।